Logo

प्लाष्टिक झोलामुक्त तुलसीपुर उपमहानगर



Spread the love

तुलसीपुर उपमहानगरपालिकालाई माघ १ गतेबाट प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ । उपमहानगरलाई वातावरणमैत्री नगर वनाउनका लागि यस्तो घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

“प्लाष्टिकले वातावरण प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भिर असर पार्ने भएकाले यस्तो घोषणा गरिएको हो ” उनले वताए । “प्लाष्टिकका गीलास, थाल, प्लेट र कचौरा समेतमा वन्देज लगाइएको छ”, पाण्डेले भने ।

तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रुपमा विकास गर्न लागि उपमहानगरले विगतदेखि नै विभिन्न अभियान सञ्चालन गर्दै आएको वताउँदै नगरप्रमुख पाण्डेले प्लाष्टिक झोलामुक्त अभियान पनि त्यसैको निरन्तरता भएको वताए ।

यता तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिक झोलामुक्त घोषणा गरेसँगै यहाँका व्यवसायीहरुमा उत्साह थपिएको छ । उपमहानगरपालिकाले घोषणाको तयारी गरेसँगै तुलसीपुर उद्योग वाणिज्य संघले प्लाष्टिक वढि मात्रामा प्रयोग हुने किराना व्यवसायीसँग छलफल सुरु गरेको अध्यक्ष विरु रावतले वताए । उनले यो सबैको साझा अभियान भएकाले निस्वार्थ सबैले साथ दिनुपर्ने वताए ।

तरकारी व्यापारी माधव घिमिरेले सबैलाई जानकारी गराएर लागु गरेको भए उचित हुने वताउँदै आफुहरुले यसलाई अनिवार्य पालना गर्ने वताए । मान्छेले घरबाटै झोला वोक्ने वानीको विकास गर्न सके यो अभियानले मुर्तता पाउने उनको कथन थियो ।

तुलसीपुर चेम्वर अफ कमर्समा अध्यक्ष टोपवहादुर घर्तिले उपमहानगरपालिकाले यसको उचित विकल्प दिनुपर्ने वताए । “मानिसहरुमा वानी नपरेकाले यो विस्तारै कार्यान्वयन हुदै जाने देखिन्छ ” घर्तिले भने । शहरलाई सुन्दर राख्न र मानिसलाई स्वस्थ राख्नका लागि यो राम्रो कदम भएको उनको कथन थियो ।शहरलाई सुन्दर राख्न र मानिसलाई स्वस्थ राख्न यो राम्रो कदम भएको स्थानीयहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्