सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ ।
वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस)को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ।
अचेल कोरियन भाषा परीक्षा कागजमा दिने चलन छ । ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन,’ उनले भने, ‘हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं, त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्