Logo

प्रतिनिधि सभाको बैठक बस्दै , प्रधानमन्त्रीसंग प्रश्नोत्तर गर्न नपाएसम्म बैठक चल्न नदिने कांग्रेसको अडान



Spread the love

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

गत सोमबार प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरिसकेपछि प्रश्नोत्तर गर्न नपाउँदै संसद स्थगित गरिएको थियो । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको सम्बोधनमा प्रश्न गर्न पाउनु पर्ने माग गरेका थिए । तर, सभामुख कृष्णबहादुर महराले प्रश्नोत्तरको छुट्टै कार्यक्रम राख्ने बताएपछि कांग्रेस सांसदले रोस्टम घेराउ गरेका थिए ।

यता, आजको बैठकमा प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर गर्ने र आगामी दिनमा यस्तो व्यवहार सभामुखले नगर्ने शर्तमा मात्रै संसद बैठक चल्न दिने कांग्रेस नेता मीन विश्वकर्माले बताए। । प्रतिपक्षीलाई प्रश्न सोध्न नदिएको भन्दै प्रधानमन्त्री केपी ओली र सभामुख कृष्णबहादुर महराको विरोध भएको छ । ओली र महराको भूमिकाप्रति नेकपाकै नेताहरु झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ, नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलगायत अन्य पार्टीका नेताहरु पनि असन्तुष्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्