Logo

आर्यघाटतिर…



Spread the love

  • अशोक जी

अगाडि बढ्न चाहन्छु

तर मान्दैन मन

ती सपना र उदेश्यलाई

जितेर अगाडि जानलाई

अनि बाध्य छु पछाडि रहेर

एक्लै रमाउनलाई !

 

आमाबाट पैसा खुस्काउने, ‘बा’को पछाडि

देश लुट्ने नेताको गफ, जनताको पछाडि

यहाँ सबथोक पछाडि छन्

न्याय

मानबता

आशाहरु

रहरहरु

खुशीहरु

यी सबै भावनाहरु

मलाई उछिन्न खोज्छन्

तर डराउँछन् मलाई जितेर अघि सर्न

किनकि तिनीहरुलाई मेरै बिश्वास लाग्दैन

मलाई पनि मज्जा छ पछाडि बाटै

उस्को कुरा सुनी अर्कोलाई सुनाउन

अनि अर्कोको रिस उस्लाई अनुभव गराईदिन !

 

माया गर्ने दुस्मन कमाउन नसके पनि

बिरोधी मित्र निकै कमाएको छु

जिन्दगी पनि ट्क्कर लिँदा, र

दुस्मन कमाउँदै बितिदिने रै’छ

बर्षातमा एक्लै हिड्दा पछाडि मुन्टो मोड्छु..

चप्पलले  हिलो छ्यापेको हेर्छु, मुस्कुराइदिन्छु

त्यस्लाई पनि त मज्जा छ

पछाडिबाटै हिलो छ्याप्नमा !

 

आफैदेखि उराठ लाग्छ, अनि

जान्छु कुनै आर्यघाटतिर

केही देख्दिन अगाडि एउटा मुर्दा सिबाय

अनि, अनुभव गर्छु

अरुको पछि दगुर्दा-दगुर्दै

आफ्नो पछाडि मृत्युले लखेट्दै गरेको !!!

ooo

ooo

प्रतिक्रिया दिनुहोस्