Logo

बटुवाहरू



Spread the love

  • दिपक दाहाल

करिव १ सेकेन्डमा १ जना, १ घन्टामा ३६०० जना र १ दिनमा ८६४०० जना बटुवाहरुको यात्रा तय हुन्छ । उद्गम स्थलमा त सबै बटुवाहरु निष्कलङ्क र पवित्र हुन्छन् नै । तर, उडान भर्न पखेटा हाल्दै गर्दा तागत समान भएपनि विद्यमान वर्गीय र सांस्कृतिक विभेदका कारण कसैका पखेटा छोटा र कसैका पखेटा लामा हुन पुग्छन् ।

जब सबै बटुवाहरु वैचारिक लडाइँमा उत्रिन्छन् ; विचार नै बन्दुक ! मनमष्तिकबाट निस्कने शब्द गोली ! घाइते हुदाँ उपचारको लागि आत्मविश्वास ! थुप्रै नदि साथीहरू ! शिक्षाको बाटो हुँदै गन्तव्य समुन्द्र पार गर्ने बनाएर निस्कन्छन् ।

तर, विडम्बना ! कति बटुवाहरु बिच मै अलपत्र पर्छन् । थोरै मात्र पुग्छन् समुन्द्रपारी ।

सबै बटुवाहरुको बिच बाटो मै बन्दुक भित्रको गोली हान्ने तागत नै सकिन्छ ।

ठिकै छ ! तागत त सबै बटुवासँग कुनै न कुनै ठाँउमा पुगेर सकिएला ! तर, बटुवासँग आत्मविश्वास औषधी  त छ नि ! विडम्बना, प्रायः बटुवाहरु औसधी खान नै बिर्सन्छन् ! खाए पनि सहि समयमा खाँदैनन् । अनि, बिर्सन्छन् आफ्नो साथी र बाटो ।

सपना, सपनामै सिमित बनिदिन्छ धेरै बटुवाको, र यात्रा त्यही थन्किन्छ ।

कति बुज्रुक बटुवाहरु धेरै बलिया बन्न, खाइदिन्छन् सबै औषधी एकैपटकमा । र, थन्कन्छ तिनीहरुको पनि यात्रा । कति बटुवाहरु औषधी मिलाएर समयमा खान्छन् । तर बिर्सन्छन् आफ्नो साथी र नदिलाई । साथी र नदिलाई नै बिर्सिएपछि, के समुन्द्र भेट्न सक्लान् त ?

केहि बटुवाले नचाहँदा नचाहँदै साथीहरुलाई भुल्न पुगेका हुन्छन्, आफ्नै जिब्रोको कारणले !

सबै बटुवाहरु अव्यक्त शब्दका मालिक हुन् । तर ती शब्दहरुको नोकर स्वयम् बटुवाहरुको जिब्राबाट चिप्लिएका थिए । एकदमै थोरै बटुवाहरु उकाली, ओराली, भोक, प्यास, औषधी, साथी अनि आफ्नो बाटो हुँदै पार गर्छन्, समुद्रको यात्रा ।

१ दिनमा तय भएका ८६४०० जना बटुवामध्य १ जना बटुवापनी आफ्नो गन्तव्यस्थल पुग्न यति किन धेरै गाह्रो छ ?

पुगेका बटुवा र बिचैमा अलपत्र परेका बटुवाहरुले उपभोग गर्न पाउने अधिकार एउटै नै थियो नि ! हैन र ?

सबै बटुवासँग सामन, सामग्री र आधारहरू बाडफाड गरिएको थिएन र ?

किन बिच बाटो मै अलपत्र परे धेरै बटुवाहरु ?

ooo

ooo

प्रतिक्रिया दिनुहोस्