- कृष्ण कुसुम
च्यातिएनि पत्रहरू खाम बाँकी नै छ
खाममाथि लेख्या तिम्रो नाम बाँकी नै छ !!
छोडिगयौ यो मोडमा एक्लो बनाएर
दिल भित्र तिम्रोलागि ठाम बाँकी नै छ !!
टाढिए ‘नि नजरको प्यास मेटिएन
यस्तै हुन्छ यो बैशालु याम बाँकी नै छ !!
शितलता छर्छ जूनले दुनियाँले भन्थे
हेर मलाई जुनले पोल्या डाम बाँकी नै छ !!
कहाँ हुनु आज मुना मदनको जोडी
चोखो प्रेम भित्र छलछाम बाँकी नै छ !!
ooo
लाग्छ आफैं भित्र केहि खास बाँकी नै छ
समुन्द्रमा छु र पनि प्यास बाँकी नै छ !!
चुडिएको तार हुँदा पनि सारंगीको
जोडेर पो बजाउछ्यौ कि आश बाँकी नै छ !!
छैन फिक्री घर आफ्नै नहोस् बरु बस्न
तिम्रो दिलमा बस्ने एउटा बास बाँकी नै छ !!
ढुक्क नै छु सानु म त तिम्रो साथ हुँदा
समयले दिने अवकाश बाँकी नै छ !!
हेर माथि लुकामारी जुन बादलुको
यता यस्तै सिंगो मधुमास बाँकी नै छ !!
ooo
ooo
प्रतिक्रिया दिनुहोस्