Logo

मेलम्ची खानेपानी आयोजना अन्यौलमा



Spread the love

तीन दशकको प्रतीक्षापछि खानेपानी आउनै लाग्दा मेलम्ची आयोजना अर्को झमेलामा परेको छ । निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभन्नाले ठेक्का सम्झौता रद्द गर्न सुचना नोटिस टु टर्मिनेट बुझाएको छ ।आयोजनालाई दुई साताअघि नै सुचना दिएको ठेकेदार कम्पनीका प्रतिनिधि स्वदेश फर्कन थालेपछि सरकारले पासपोर्ट नियन्त्रणमा लिएको छ ।

फाइल तस्विर:

ठेकेदार कम्पनीका कर्मचारीको जस्तै मेलम्चीको भविष्य पनि अन्योलमा परेको छ । आयोजनाले एकतर्फी ठेक्का रद्द गर्न नमिल्ने भन्दै सरकारले छिटो सक्न निर्देशन दिएको थियो ।

तर, दुई दिनअघि आयोजनास्थलबाट ठेकेदार कम्पनीका सबै प्रतिनिधि काठमाडौं आएका थिए, उनीहरु सोमबार स्वदेश फर्कने तयारीमा थिए । तर, म्यानेजर क्रिस्टियानो ग्रेसोसहित आठजना पासपोर्ट नियन्त्रणमा लिएर प्रहरीले मेलम्ची आयोजनालाई दिएको छ ।

थप २१ लाई उच्च निगरानीमा राखिएको छ । सुुरुङ निर्माणमा ठेकेदार कम्पनीको तर्फबाट विभिन्न तहका २९ अधिकारी कार्यरत थिए । खानेपानी तथा सरसफाइ मन्त्रालयले सुरुङ निर्माणमा संलग्न कुनै पनि प्राविधिक तथा अधिकारीलाई नेपाल छाडेर अन्यत्र जान नदिन अध्यागमन विभागलाई निर्देशन दिइसकेको छ ।

मेलम्ची आयोजनालाई चिनियाँ कम्पनी सिआरसिसीले पनि खेलौना बनाएको थियो । आयोजना तीन वर्ष ओगटेर चिनियाँ कम्पनीले छाडेपछि नयाँ प्रक्रियाबाट इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दी रेभेन्ना) ले अवसर पाएको हो । आयोजनाको सुरुङ खन्न मात्रै कम्पनीसँग सात अर्ब ७२ करोड रुपैयाँमा सम्झौता भएको थियो । ३१ असार ०७० मा भएको ठेक्का सम्झौताअनुसार कम्पनीले सम्पूर्ण काम १०९५ दिन (३६.५ महिना) मा सक्नुपर्ने थियो । यसरी वैशाख २०७३ मा आयोजना सकिनुपर्ने थियो  याे खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्