Logo

निर्मलाको न्यायका लागि पुल्चोक क्याम्पसका विद्धार्थीद्वारा एक र्‍यालीको आयोजना गरिंदै ।



Spread the love

 

 

साउन १० गते साथीको घर गएकी १३ वर्षीया निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा रहेको उखुबारीमा मृत अवस्थामा भेटिइन ।

घटनाले निकै शनशनी मच्चायो । धेरै नेपाली मनहरूलाई आँशुको खालमा डुबायो पनि । समग्र देश शोकमग्न बन्यो ।

तर, सरकार ! अहँ, सरकार भने चिसो यामको तातो सिरकमुनी निरन्तर सुतिरह्यो । हप्ता बित्यो । महिना बित्यो । सयौ दिन कट्यो । तर अहँ ! सरकारले कुनै टेरपुच्छर नै लाउन आवश्यक ठानेन । निर्मला पिताले मानशिक सन्तुलन गुमाउन पुगे । तर, सरकार बिल्कुल चिरशान्तीमा डुबिरह्यो ।

कतिसम्म भने स्वप्रचारमुखी ढंगबाट प्रधानमन्त्रीको टाउको राख्न मिल्ने बिजुलीका पोलहरूमा “निर्मलाका निम्ती न्याय”को पवित्र आह्वानलाई सिधै च्यातियो ।

परिणामत: अहिले सारा देश नै निर्मलाको न्यायका लागि शान्तिपूर्ण आन्दोलनमा लागिपरेको छ । के महिला, के पुरुष । के बालक, के बुढाबुढी । सबैका प्रेमिल नयनहरू न्यायको भिक्षा माग्दै सडक ओर्लिएका छन् ।

यसैक्रममा, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका विद्ध्यार्थीहरू मिलेर मंसिर १९ गते बुधवार एउटा शान्तीपूर्ण बिरोध र्‍याली आयोजना गर्ने भएका छन् । र्‍याली बिहान ९ बजे पुल्चोक क्याम्पसको गेटबाट सुरु भएर माइतिघर मण्डलामा गएर समापन हुनेछ ।

“न्यायको लागि मरेको शरीर चिच्याउन पक्कै सक्दैन । त्यसैले हामी बाचेकाहरूको कर्तव्य हो यो । आउनुहोस् ! न्याय दिलाउने प्रण गरौं ।” भन्ने मुल मन्त्र लिएर कार्यक्रम आयोजना हुन लागेको कार्यक्रम कि अभियन्ता युरेकाले बताएकी छिन् । सबैको सहयोग सहितको सहभागिताको अपेक्षा उनको रहेको छ ।

 

कार्यक्रमको जानकारी सहितको लिंक :

https://www.facebook.com/events/320872658508883/

प्रतिक्रिया दिनुहोस्