Logo

विद्युत् खरीद सम्झौता सम्पन्न



Spread the love

१४ मङ्सिर, काठमाडौँ – सङ्खुवासभाको मकालु गाउँपालिकामा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र कसुवाखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक सिइडिबी हाइड्रो फण्डको सहायक कम्पनी कसुवाखोला जलविद्युत् कम्पनीबीच आज विद्युत् खरीद सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कसुवाखोलाका प्रबन्धक सुस्मित शर्मा भट्टराईले हस्ताक्षर गरेकी छिन् आयोजनाबाट उत्पादित विद्युत् वर्षाको समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ ।

आयोजनाको कूल लागत रु १० अर्ब रहनेछ । आयोजनालाई अर्ध जलाशययुक्त बनाउने प्रवद्र्धकले जनाएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने तयारी प्रवद्र्धकले गरेका छन् । सो आयोजनाबाट २५९.५९२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित विद्युत कसुवा–तुम्लिङटार १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्राधिकरणको तुम्लिङटार सवस्टेशनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्