९ मङ्सिर, काठमाडौँ – घर तथा भवन निर्माणसम्बन्धी बिहीवारदेखि शुरु भएको ‘विल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो’ मा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
सर्वसाधारणलाई निर्माणसम्बन्धी जानकारी दिने उद्देश्यले शुरु भएको मेलामा आफूले सोचेजस्तै अवलोकनकर्ता भित्र्याउन सफल भएको मेलाका मुख्य आयोजक युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टरका अध्यक्ष आनन्द सुवेदीले बताए ।
“भूकम्पपछि मानिसमा घर बलियो बनाउनुपर्छ भन्ने चेतना बढेको छ, जसका कारण घर कसरी बनाउनुपर्छ भनेर उनीहरुलाई जानकारी दिने हेतुले प्रदर्शनीको आयोजना गरिएको हो”, सुवेदीले भने । प्रदर्शनीमा विद्यार्थीदेखि वृद्धवृद्धाको समेत आकर्षण रहेको उनले जानकारी दिए ।
सो प्रदर्शनीमा घर तथा भवन निर्माणका लागि आवश्यक सिमेन्ट, इँटा, डण्डी, पाइप, झ्याल, ढोका, भ¥याङलगायत कोठाका लागि आवश्यक सामग्रीका साथै घरका लागि आवश्यक वास्तुसम्बन्धी जानकारीसमेत दिइएको थियो ।
त्यसका अतिरिक्त बीमासम्बन्धी परामर्श तथा घर निर्माण तथा व्यवसाय सञ्चालनका लागि आवश्यक परामर्शसमेत दिइएको थियो । प्रदर्शनीमा १०० कक्ष राखिएका थिए ।