अर्णब चौधरी
बिहान देखी साँझ सम्म
साँझ देखी निद्रा लाग्दा सम्म
निद्रा लागे देखी सूर्य उडाउँदा सम्म
जति पनि र जस्तो पनि घटना दुर्घटना
यहाँ घट्छन्
ती सबै प्रत्यक्ष अप्रत्यक्ष रूप ले
म सँगै जोडिएका हुन्छन्
भन म को हुँ ??
तिमीहरू सबै छौँ र त म छु
म छु र तिमीहरू सबै छौ
म भएन भने केही छैन
केही छैन भने म पनि छैन
म जड हुँ, म धड़ हुँ र म शिर हुँ !
अस्पतालको त्यो टुटेको खाट ( सैया ) म हुँ
त्यो खाटमा पलेटी रहेको बिमार शरीर म हुँ
म जीवन हुँ
र
म नै मृत्यु पनि हुँ !
त्यो सुनसान सडक म हुँ
त्यो सुनसान सडकमा गुड़ीरहेको बस म हुँ
त्यो बसमा बसी रहेकि बालिका म हुँ
उसलाई बलात्कार गर्ने वाला म हुँ
उसको न्यायका लागि उभिएका जनसागर म हुँ
उसको यादमा बालिएका मैन बत्ती म हुँ
सडकमा बलीरहेका टायर म हुँ
म आगो हुँ !
आकाशमा गर्जी रहेका बादलहरू म हुँ
पानी नपाएका बन्जर जमिन पनि म नै हुँ
किसानको शरीरको त्यो पसिना म हुँ
गाउँ भन्दा टाढाको त्यो बरको रुखमा लटकी रहेको शरीर म हुँ
ती दुखि यारी बेबस आमाको आँसु म हुँ
ती मासूम बच्चाहरूका चिच्याईरहेका खाली पेट म हुँ
म भोक हुँ !
यहाँ शासक म हुँ
र विरोधी पनि म हुँ
संविधान कानुनमा लेखिएका हरेक शब्द म हुँ
बन्ने र भटकिने हरेक नियम क़ानून म हुँ
त्यो कुर्सीको खेल म हुँ
र त्यो खेल खेल्ने मोहोरा पनि म हुँ
म राजनीति हुँ !
बजारको बिचमा रहेको त्यो वेश्यालय म हुँ
त्यो वेश्यालयमा बिकी रहेको जवानी म हुँ
तिमि जसलाई लाज र भासको संज्ञा दिन्छौँ त्यो लाज म हुँ
र हवस् पूर्तिका लागि पर्खि रहेका हरेक रात म हुँ
म जवानी हुँ !
सेता वस्त्रमा बिमारीसँग लड़नेवाला भगवान् म हुँ
संसद्मा बसी रहेका विधायकहरू म हुँ
म चुनाव हुँ,
म बजेट भाषण हुँ
सिमानामा छाती तानी गोली खाने वाला सैनिक म हुँ
सुरक्षाका लागि खटिएका प्रहरी म हुँ
न्याय अन्यायको विचार विमर्श गर्ने वाला कालो कोट धारी वकिल म हुँ
म शासन हुँ !
बिहानीको चिया सँगै पत्रपत्रिकामा लेखिएका लेख र समाचार म हुँ
रातको नीदको गहिराईमा देखिने सपना म हुँ
अब धेरै न सोच्नुस्
म… त तपाईँको त्यो सोच हुँ
त्यो सोच ले बनेको समाज म हुँ
हो म समाज हुँ !!
ooo
ooo