सूर्यको आरधना गर्दै मनाइने छठ पर्व काठमान्डौबासिले पनि धुमधामका साथ सम्पन्न गरेका छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज बिहानबाट सम्पन्न भएको छ । काठमान्डौमा रहेको गुजयेश्वरी मन्दीरको नदी किनारमा छठी देवीको आराधाना गर्ने भक्तहरुले साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर नदीको किनारामा भजन कृतन गरी विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा सम्पन्न गरेका छन् ।
छठी माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता छ ।
छठमा गहुँको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसारजस्ता परिकार र विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरालगायतलाई प्रसादको रुपमा चढाउने र पूजा पछि आपसमा बाँड्ने चलन छ ।
हेर्नुहोस् फोटोफिचर:
तस्बिर :शंकर भुजेल
प्रतिक्रिया दिनुहोस्