बुद्धको जन्मथलो लुम्बिनीमा पहिलो पटक तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ आजदेखि सुरु हुने भएको छ ।
विश्व शान्ति र भाइचाराको भावना जगाउन यो पाठ गर्न लागिएको हो । लुम्बिनीको पवित्रता र महिमा उजागर गर्न मायादेवी मन्दिर छेउमा आजदेखि देखि ३० गतेसम्म तीनदिन कार्यक्रम गरिनेछ ।
कार्यक्रम नेपाल भिक्षु महासंघ र रोयल थाइले संयुक्त रुपमा गर्न लागेका हुन् । यसअघि यो कार्यक्रम डेढ दशक अघिदेखि लाइट अफ बुद्धधर्म फाउन्डेशन इन्टरनेशनल नामक संस्थाले बोधगया र भारतका विभिन्न बौद्ध तीर्थस्थलमा गर्दै आइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्