Logo

मेसेडोनियाका पूर्व प्रधानमन्त्री ग्रुएस्कीद्वारा हङ्गेरीमा शरण माग्दै



Spread the love

२७ कात्तिक, स्कोपये – प्रहरीको खोजीको सूचीमा रहेका मेसेडोनियाका पूर्व प्रधानमन्त्री निकोला ग्रुएस्कीले आफु हङ्गेरीमा रहेको र राजनीतिक शरणका लागि हङ्गेरी सरकारसँग अनुरोध गरिरहेको जानकारी मङ्गलबार दिएका छन् ।

प्रधानमन्त्री रहँदा शक्तिको दुरूपयोग गरेको आरोपमा उनलाई दुई बर्षको जेल सजाय तोकिएको छ । अदालतको निर्णय अनुसार जेल सजाय व्यतित गर्नको सट्टा विदेश भागेको भन्दै प्रहरीले उनलाई खोजीको सूचीमा राखेको छ । मेसेडोनियाका अधिकारीले ४८ बर्षीय पूर्व प्रधानमन्त्री ग्रुएस्कीले आफुलाई सुरक्षाकर्मीसँग उपलब्ध नगराएपछि सोमबार पक्राउका लागि खोजीको सूचीमा राखेको थियो ।

ग्रुएस्कीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “म अहिले बुढापेष्टमा छु, मैलै हङ्गेरीका अधिकारीहरूसँग राजनीतिक शरणका लागि अनुरोध गरिरहेको छु ।”

प्रतिक्रिया दिनुहोस्