Logo

महानगर प्रमुख सरसफाइ अभियानमा



Spread the love

१९ कात्तिक, चितवन – भरतपुर महानगरलाई सफा र सुन्दर बनाउने अभियान स्वरुप प्रमुख रेनु दाहाल स्वयं सरसफाइ अभियानमा जुटेका छन् ।

हरेक सोमबार बिहान ७ बजेदेखि एक घण्टासम्म प्रमुख दाहालको नेतृत्वमा सरसफाइ गरिँदै आएको छ । आज बिहान पनि प्रमुख दाहाल स्वयं सरसफाइमा सरिक भइ नगरवासीलाई सन्देश प्रवाह गरेका छन् । आज नगरपालिका ढोकादेखि शहीदचोकसम्म सरसफाइ गरिएको छ ।

सरसफाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहित सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यवसायी एवं सरसफाइका क्षेत्रमा काम गरिरहेका अभियानकर्मीको उपस्थिति थियो । महानगरपालिकाले विभिन्न सरसफाइका क्षेत्रमा काम गरिरहेका संस्था, नागरिक अगुवाको सहयोगमा यो अभियानलाई साप्ताहिकरुपमा हरेक सोमबार गर्दै जाने जनाएको छ ।

महानगर प्रमुख दाहालले बजार क्षेत्रमा गरिएको सरसफाइसँगै व्यवसायीलाई अभियानका बारेमा जानकारी दिइएको बताए । “फोहर गर्ने व्यवसायीलाई खबरदारी गरेका छौँ”, दाहालले भने, “जनसमुदाय तथा व्यवसायीलाई आफ्नो फोहर नगर्न अपिल गरेका छौँ । आग्रह नमान्ने, अटेर गर्नेलाई प्रचलित कानूनअनुसार कारवाही गरिने छ ।” महानगरमा दैनिक ६५ टन फोहर सङ्कलन हुँदै आएको छ । महानगरको वातावरण शाखा प्रमुख इञ्जीनियर विराट घिमिरेले मुख्य शहरी क्षेत्रमा मात्रै ४० टनभन्दा बढी फोहर सङ्कलन हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्