Logo

विश्वशान्तिको कामना गर्दै ‘मा आरती’



Spread the love

१९ कात्तिक, काठमाडौँ – विश्वशान्तिको कामना गर्दै आज भगवती मानवकल्याण सङ्गठन नेपाल शाखाले पशुपति क्षेत्रका मानिसमा चेतना दिने उद्देश्यले ‘मा आरती’ सम्पन्न गरेको छ ।

मांसाहारमुक्त, नशामुक्त र चरित्रवान् समाजको निर्माणका लागि सङ्गठनले नियमित पूजाराधना गर्दै आएको सङ्गठनअन्तर्गत नेपालका अध्यक्ष हरिश्चन्द्र त्रिपाठीले बताए । “आजको समाज विकृत छ, जे गर्नुहुन्न भन्यो त्यही बाटोमा हिँड्छ,” उनी थप्छन्, “यदि गुरुको सद्मार्गमा हिँडेर माता भगवतीको आराधना गर्ने हो भने गलत बाटोमा लागेको मानिस पनि सही दिशा पाउन सक्छ ।” सङ्गठनले प्रत्येक महीना पहिलो शनिबार पशुपतिमा मा आरती सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

सङ्गठनअन्तर्गत नेपालका सचिव विकास त्रिपाठीले भगवतीको पूजाराधना र चालीसा पाठ गरे सम्पूर्ण देवीदेवताको सिद्धि पूरा हुने बताए । सङ्गठनका निर्माता गुरु सचितानन्दले लोभप्रलोभनमा नपरी सङ्गठनलाई अघि बढाउँदै समाजमा चेतना जागृत गराउँदै आएका छन् । सङ्गठनले नेपाल र भारतमा आत्मचेतनाका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्