Logo

जबर्जस्ती आरोपमा पक्राउ



Spread the love

९ कात्तिक, चिप्लेढुङ्गा – पोखरा ढुङ्गेपाटनका ४३ वर्षीय मीनुराज घिमिरेलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले आज पक्राउ गरेको छ । शनिबार सोही स्थान बस्ने एक महिलाको शयनकक्षमा गएर जबर्जस्ती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मौखिक उजूरीका आधारमा घिमिरेलाई पक्राउ गरिएको जनाएको छ । अभियुक्त घिमिरे मादी गाउँपालिका ५ मिजुरे घर भई ढुङ्गेपाटन बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्