हरेक नेपालीको जैविक तथा व्यक्तिगत विवरणलाई सुरक्षितरुपमा भण्डारण गरी सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र छपाईको काम विहीबारबाट सुरु भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विहीबारदेखि परिचयपत्र छपाईको काम सुरु भएको जानकारी दिए। जैविक र व्यक्तिगत विवरण तथा देखिन सकिने र नदेखिन सकिने सुरक्षण चिह्न सहितको राष्ट्रिय परिचयपत्रको नमूना पहिलोपटक छापिएको उनले बताए।
नमूनाको रुपमा छाएिको परिचयपत्र सबै किसिमले चुस्तदुरुस्त देखिएमा परिचयपत्र छपाईको कामलाई अगाडि बढाइने उनले बताए। चुस्तदुरुस्त नदेखिएको अवस्थामा परिचयपत्रमा आवश्यक सुधार गरी छपाईको कामलाई अगाडि बढाइने छ ।
नेपाली नागरिकताको प्रमाणपत्रका कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्तद ुरुस्त बनाउने उद्देश्यसहित नेपाल सरकारको आर्थिक वर्ष २०६६÷६७ को वार्षिक नीति तथा कार्यक्रममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचय–पत्र (वायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो । त्यसपछि, मन्त्रिपरिषद्को २०६७ असार १६ गतेको निर्णयानुसार छुट्टै निकायको रुपमा राष्ट्रिय राष्ट्रिय परिचय–पत्र व्यवस्थापन केन्द्रको स्थापना भएको हो ।