Logo

मनाङ मस्र्याङ्दी क्लब गभनर्स गोल्ड कपको फाइनलमा



Spread the love

१५ कात्तिक, काठमाडौँ – मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सिक्किमको ग्यान्टोकस्थित पाल्चोर रङ्गशालामा आज भएको खेलमा कोलकाता एटिके क्लबलाई ६–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङ फाइनल पुगेको हो ।

मनाङको जितमा डोना थापाले ह्याट्रिक गरेका थिए । त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल बस्नेतले एक÷एक गोल गरेका थिए ।

खेलको शुरुआतदेखि उत्कृष्ट प्रदर्शन गरेको मनाङले आठौँ मिनेटमा अञ्जन विष्टको गोलमार्फत अग्रता बनायो । त्यसपछि ४३ औँ मिनेटमा डोना थापाले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा एटिकेले एक गोल फर्काएको थियो । दुई गोल गरेको मनाङले दोस्रो हाफमा चार गोल गर्यो । ५३ औँ मिनेटमा डोनाले व्यक्तिगत तेस्रो गोल गरे । ७६औँ मिनेटमा विमल रानाले चौथो गोल गरे । त्यसपछि ८३औँ मिनेटमा डोनाले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । ८५ औँ मिनेटमा सुजल श्रेष्ठको गोलमार्फत मनाङले अन्तर ६–१ मा पुर्यायो । खेलको अन्तिम मिनेटमा एटिकेले एक गोल फर्काएको थियो ।

प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो । मनाङले भने सोझै क्वाटफाइनलमा प्रवेश पाएको हो ।

बाइ पाएर सोझै क्वार्टफाइनल खेलको मनाङले मङ्गलबार भारतीय क्लब कोलकाता कस्टम्सलाई ४–२ ले हराउँदै सेमिफाइनल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्