१२ कात्तिक, पर्वत – सदरमुकाम कुश्मा बजारका विभिन्न घरमा उत्पादन गरिएको तथा होटलमा राखी अवैध बिक्री वितरण हुँदै आएको १ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।
गल्लीगल्लीमा अवैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेहरु बढेपछि उक्त अभियान चलाइएको हो । एक हप्तामा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले संयुक्त रुपमा अनुगमन गर्दा अवैध रुपमा राखिएको घरेलु मदिरा बरामद गरिएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाका–४, ५, ६ र ७ बाट बरामद गरिएको अवैध मदिरा आज जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिनाका साथै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र प्लाष्टिकका १५ ड्रमसमेत नियन्त्रणमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्