११ कात्तिक, खलङ्गा – राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकले सूचना बढी पाएमा सुशासन कायम हुने बताएका छन् ।
सूचना आयोगले जुम्लामा कार्यालय प्रमुख र सूचना अधिकारीलाई सूचनाको संरक्षण, सम्वद्र्धन र प्रचलनमा राष्ट्रसेवक कर्मचारीको भूमिका विषयको अन्तरक्रिया उहाँले सूचनाको हकसम्बन्धी कानूनी व्यवस्थाबारे जानकारी दिए । बाँस्कोटाले राष्ट्रिय सूचना आयोगको कार्यालय काठमाडौँमा मात्रै भए पनि जिल्लामा प्रमुख जिल्ला अधिकारी नै सूचना आयुक्त भएको बताए ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जिल्लाका केही कार्यालयले सूचना नदिएको भन्ने गुनासा भएमा वा नियतवस सूचना नदिएमा कारबाही गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्