९ कात्तिक, रियाद – गाबोनका राष्ट्रपति अलि बोङगो साउदी अरबको रियादस्थित अस्पतालमा भर्ना भएका छन् ।
साउदीको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमहरूले उनी अस्पताल भर्ना भएको जनाएपछि विस्तृत विवरण भने दिएका छैनन ।
साउदीका युवराज मोहम्मद विन सल्मानले अस्पताल पुगेर बोङगोलाई भेट्नु भएको छ । युवराज सल्मानले उनको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएका थिए ।
राष्ट्रपति बोङ्गोलाई रियादको किङ्ग फैसल हस्पिटलमा भर्ना गरिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।
रियादमा भएको ‘फर्दर इन्भेस्टमेन्ट इनिसियटिभ फोरम’मा मुख्य वक्ताका रूपमा सहभागी हुने तालिका भएपनि ५९ बर्षिय बोङगो अस्पताल भर्ना भएका हुन् ।
गत सन् २०१२ मा अलि बोङगो राष्ट्रपतिमा पुनर्निर्वाचित भएका थिए । उनलाई निर्वाचित गराएको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै विवादित बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्