रुकुम पूर्वमा शुक्रबार राति ११ः३० बजे एउटा घरमा आगलागी हुँदा २ लाख ५० हजार रुपैयाँबराबरको धनमाल क्षति भएको छ ।
स्थानीय सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा ५५ हजार नगद, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दीवाकर रीजालले जानकारी दिए।
घरमा मासु पकाउने क्रममा एक्कासि कराइको तेल बलेर आगलागी भएको थियो ।
उनका अनुसार ज्ञानु बुढाकी श्रीमती ३६ वर्षीय मोतीकला बुढाको हात, खुट्टा र ढाडमा आगोले पोलेकाले उपचारका राति नै जनस्वास्थ्य रुकुमकोटमा सामान्य उपचारपछि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा पठाइएकामा त्यहाँपनि उपचार असम्भव भएपछि अहिले नेपालगञ्ज लगिएको छ।
आगलागीबाट एउटा भैंसी र बाख्रा जलेर घाइते भएका छन् । प्रहरी र स्थानीयबासीले राति २ बजे आगो नियन्त्रणमा लिएका थिए । (रासस)