धानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन्।
दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ। त्यसपछि प्रधानमन्त्रीले टीका लगाइदिनेछन्। दिउँसो २ बजेपछि ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ। अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिनेछन्।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको छ।
प्रतिक्रिया दिनुहोस्