भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् ।
मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेको बारे प्ष्ट नभएको परिवाले बताएका छन् ।
पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो ।
बहीनी ज्वाइँले आफ्नै श्रीमती भगाउँदा जेठान हरिस दमाई भने एकदमै हैरान भएको बताउँछन् ।
हरिसकी आमा, दिदीसहितले उनीहरुलाई खोजबिन र कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्