Logo

पोर्न साइट बन्द सँगै भीपीएन प्रयोगकर्ता बढ्दै



Spread the love

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पोर्न साइटमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएपछि प्राधिकरणले हजारौँ पोर्न साइट बन्द गरेको छ ।

तर पोर्न साइट प्रतिबन्ध लगाए पनि प्रयोगकर्ताले सजिलै प्रयोग गरिरहेका छन् । प्रयोगकर्ताले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) र प्रोक्सीको व्यापक प्रयोग गरिरहेको पाइएको छ ।

भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) र प्रोक्सीको प्रयोगले सजिलै पोर्न साइट खुल्ने भएको हुनाले प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ ।

मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लील सामग्रीहरूको आदान-प्रदान, प्रकाशन तथा प्रसारणलाई बन्देज लगाएको बताउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पोर्न साइटमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्