Logo

घोराहीका स्थानिय बासिन्दा अन्तर्राष्ट्रिय हवाई मैदान बनाउने विषयलाई आन्दोलित



Spread the love

१५ असोज लमही – घोराही उपमहानगरपालिका १० ११ र १२ का बासिन्दा अन्तर्राष्ट्रिय हवाई मैदान बनाउने विषयलाई लिएर त्यस क्षेत्रका बासिन्दाहरु आन्दोलित भएका छन् । आफूहरुसँग सल्लाह नगरी विमानस्थल निर्माण गर्न लागिएको भन्दै स्थानीवासीले सङ्घर्ष समिति बनाएर आन्दोलित भएका हुन् । सङ्घर्ष समितिको अगुवाइमा आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सङ्घर्ष समितिका सदस्य सचिव धर्म सिजवालको नेतृत्वमा रहेको करीब ५०० बढीको संस्थामा रहेका स्थानीयवासीले घोराहीमा नाराबाजी गर्दै आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

पूर्वमा गुर्जे खोलादेखि पश्चिममा हापुर खोला एवं उत्तरमा दामोदर रोडदेखि दक्षिणमा घोराही तुलसीपुर मूल सडकको भू–भागमा करीब दुई हजार बढी घर एवं हजारौँ जनसंस्था रहेको, मुस्किलले २०/२५ बिगाहा जग्गामा गुठीको रहेको यस क्षेत्रमा एक क्याम्पस तीन सामुदायिक मावि विद्यालय र निजी विद्यालय रहेको ऐतिहासिक मन्ठोरिया मन्दिर रहेको करोडौँको लगानीमा निर्माण भएको खानेपानी ट्याङ्की निर्माण भएको उद्योग सञ्चालन तथा सिँचाइका लागि खोलामा करोडौँको रकम खर्च भइसकेकाले यसलाई विनाश गर्न सम्भव नभएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्