Logo

यति एयरलाइन्सले ४ वटा जहाज किनेर पोखरा विमानस्थललाई आधार बनाएर उडान गर्ने



Spread the love

असोज १२ काठमाडौं – यति एयरलाइन्सले आन्तरिक उडान गरिरहको यो वर्षभित्र २ वटा एटिआर ७२ र एटिआर ४२ जहाज किनेर काठमाडौं विमानस्थल बाहिर आधार विमानस्थल बनाउने घोषणा सँगै यो वर्षभित्र ४ वटा जहाज किनेर सेवा विस्तार गर्ने भएको छ। बढ्दो बजारका कारण जहाज थप गर्दै जाने योजना बनाएको एयरलायन्सले काठमाडौं बाहिर पोखरा विमानस्थललाई आधार बनाएर भैरहवा, भरतपुर, नेपालगंज, विराटनगरजस्ता ठाउँमा उडान गर्ने योजना बनाएको छ। ले यी गन्तव्यमा एयरलाइन्सले काठमाडौंबाटमात्र उडान गरिरहेको छ। अहिले ३ वटा एटिआर ७२ जहाज भएको एयरलाइन्सले २ थप गरेमा ५ हुने छ । अहिले ६ वटा बिचक्राफ्ट रहेको एयरलाइन्ससँग २ एटिआर ४२ आएपछि १३ हुने छन् ।

प्रतिक्रिया दिनुहोस्