असोज १० पोखरा – सोमबार मृत अवस्थामा भेटिएकी पोखरा-२२ पुम्दीभुम्दीको कोदीकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कारपछि हत्या भएको खुलेको छ । श्रेया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, उनी एकाएक हराएकी थिइन् । मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा उनको शव भेटिएको थियो ।
बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित अरु पनि एक/दुई जना समातिएका छन् । वडा प्रहरी कार्यालय बैदामाका प्रमुख डीएसपी नवीन कार्कीले अनुसन्धान भईरहेको र अनुसन्धानपछि थप कुरा बाहिर ल्याउने छौं । प्रहरकिा अनुसार पौडेलले अभियोग स्वीकार गरेका छन् । तर, अरुमाथि पनि आशंका रहेकाले अनुसन्धान जारी छ ।
प्रतिक्रिया दिनुहोस्