Logo

समाजलाई सभ्य र सुरक्षित राख्न आग्रह गर्दै एक हजार लिटर घरेलु मदिरा नष्ट



Spread the love

असोज १० साँखु – शङ्खरापुर र कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न वडा तथा बजारमा महानगरीय प्रहरी बिभाग साँखुले मङ्गलबार साँझ एक हजार लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने अन्य सामाग्री नष्ट गरेको हो । लुकाइछिपाइ विभिन्न भाडाका सवारीसाधन तथा मोटरसाइकलमा साँखु हुँदै काठमाडौँ भित्र्याउने क्रममा सो मदिरा बरामद गरिएको महानगरीय प्रहरी बिभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए । सम्बन्धित वडाको वडाध्यक्ष, जनप्रतिनिधि, समाजसेवी र पत्रकारको रोहवरमा बरामद गरिएको मदिरा नष्ट गरिएको हो । समाजलाई सभ्य र सुरक्षित राख्न आग्रह गर्दै खनालले प्रतिबन्धित लागुपदार्थ बिक्री वितरण नगर्न सबैमा आग्रह गरेका छन्

प्रतिक्रिया दिनुहोस्