Logo

पोखरामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या



Spread the love

१० असोज, काठमाडौं- कास्कीमा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । पोखरा पुम्दीभुम्दीकी १० वर्षीया श्रेया सुनारको बलात्कारपछि हत्या भएको हो ।

उनको शव मंगलबार बिहान फेला परेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको उल्लेख गरेको छ । बालिकाको शरीरभरी पनि निलडाम र निधारमा चोट रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मामाघर बस्दै आएकी सुनार सोमबार बेलुका ५ बजेतिर बिस्कुट किन्न भन्दै निस्किएकी थिइन् । तर उनी रातिसम्म पनि घरमा नफर्किएपछि खोजी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्