- साम्राज्ञी आचार्य
उसको र मेरो प्रेमकथा
आजको होइन
धेरै अगाडि देखिको हो ।
जहाँ जाँदा पनि सँगै जाने
हाउभाउ पनि मिल्दोजुल्दो
हामी दुइलाई त
मलेवाको जोडी भने पनि भो ।
त्यस्तो गाढा माया हाम्रो
दुइजनाको लागि एकअर्का सदैब राम्रो
मन मिल्यो
सोच, बिचार, बानी व्यहार
चाहना, एकअर्काप्रतिको भावना
सबै मिल्यो ।
तर, जात मिलेन ।
तर,
जात नमिलेर त के नै भो र !
जात भनेको त के नै हो र !
यही सोच लिएर म
आफ्नो मम्मी ड्याडी कहाँ
मेरो मनभरीको कुरा भन्न गएँ,
म ढुक्क थिए,
उहाँहरुको साकारात्मक प्रतिकृया आउछ भनी ।
सबै बताए,
केटाको ईलम बानी व्यहार
असल र भरपर्दो घरपरिवार ।
तर,
उहाँहरुको खुलदुलीको बिषय जात ?
“के जात हो ?”
भन्ने प्रश्नको प्रतिकृयाले लियो मेरो सातो ।
थुक्क ! आफ्नो जात फालिस्
के सोचेर त्यो केटामाथि हाम फालिस् ?
तेरो विवाह हुनेछ,
अब आफ्नै जात सँग
अनि मात्रै हुनेछौ हामी दंग
यत्रो गरेर तलाई हुर्कायौ बढायौ
पढ्न सिकायौ अनि बाटो देखायौ
अनि, अन्तिममा यो नतिजा पायौं !
उसको घरबाट पनि कोही राजी थिएन ।
बर्बाद भयो
मेरो होश हौसला सबै गयो ।
म आत्तिए
आफुले आफुलाई ढोका थुनेर कोठामा थुने ।
मसँग कुनै उपाए थिएन
शिवाय आत्महत्या !
एउटा धारिलो ब्लेडले
आफ्ना हातका नशाहरु
काट्नै मात्र लागेकी थिए,
मलाई मेरो होश र हिम्मतले रोकिदियो
जिन्दगीले एउटा मोड दियो ।
आत्महत्या नगर्नु,
आजसम्मकै फलदायी निर्णय थियो ।
म हाँस्दै मुस्कुराउदै बसे
किनकी
मलाई थाहा थियो,
मेरो माया कमजोर थिएन
र, म पनि ।
म पनि कुनै समस्यासँग
भागेर या डराएर
भाग्ने मान्छे परिनँ !
आत्महत्याको अब
सोच पनि ल्याइनँ !
भागेर मैले अर्को समस्या ल्याइनँ ।
मैले र उसले मिलेर घरपरिवारलाई
सम्झाउन खोज्यौं
बताउन रोज्यौं ।
यो जातभातको कुरा
पन्छाउन खोज्यौं !
महिनौ लाग्यो फकाउनलाई
यो जातभातले केही फरक पार्दैन
भन्ने कुरा बताउनलाई ।
परिवारलाई हामी दुई प्रतिको
माया जताउनलाई ।
अनि आज हेर,
विवाह भै छन दुई सन्तान
खुसी र सन्तुष्ट ।
आत्महत्या गरेकी भए
यो दिन देख्न पाउने थिइनँ ।
यदि फकाइफुलाई आफ्नो परिवारलाई
सम्झाउन सकिन्छ भने
आत्महत्या गर्ने चै किन ?
समस्या भए हल खोज्दै जाने हो,
आफुलाई त्यसै अनुरुप
तयार पार्दै लैजाने हो ।
आत्महत्या र भागेर जानुले
कायरपनको आभास दिलाउछ ।
यदि हौसला र हिम्मत भए,
भाग्यले पनि एउटा बाटो देखाउछ ।
आत्महत्या नगरौं !!!
ooo
ooo
नोट : कविता युट्युबमा पनि उपलब्ध छ ।
भिडियो लिंक : https://www.youtube.com/watch?v=kCR1GRO1qhw&t=5s