५ असोज, काठमाडौं– सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् ।
नेकपाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ताको तयारी गरेपछि संचार माध्यममलाई प्रतिकृया दिदै न्यायाधीश जोशीले आफूले महाअभियोगको सामना गर्ने बताएका छन् । जोशीले भने “महाभियोग लगाए सामनाको विकल्प छैन् । म सामना गर्न तयार छु ।”
संसदीय सुनुवाई समितिबाट उनको नाम अस्वीकृत भएसँगै धेरैले उनले पदबाट राजीनामा दिने अनुमान गरेका थिए । तर, सो अनुमान विपरित फेरि न्यायाधीशकै हैसियतमा सर्वोच्च फर्किएका थिए । उनले राजिनामाको बिषयमा भने आफुले केही नसोचेको बताए ।
यसअघि प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्