Logo

पाकिस्तान सरकारले ८ वटा भैँसी पनि बेच्दै



Spread the love

पाकिस्तानको प्रधानमन्त्री निवासमा रहेका केही भैँसी समेत बेच्ने सरकारको योजना रहेको प्रधानमन्त्री नवाज शरीफले जानकारी दिए । वर्तमान सरकारले शरीफको कार्यकालमा प्रधानमन्त्रीको सरकारी निवासमा पालिएका ८ भैँसी बेच्ने योजना बनाएको हो । नयाँ सरकारले पुरानो सरकारले किनेका ७० वटा अत्याधुनिक कार पनि बिक्री गरेको छ ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयमा रहेका ७० वटा सुविधा सम्पन्न समेत कार लिलाम बिक्री गरिएको हो । प्रधानमन्त्री इमरान खानले घोषणा बिक्री भएको पैसा राज्यको ढुकुटीमा जम्मा गर्ने निर्णय यस अघि नै गरेका थिए ।

सांकेतिक तस्बिर

सोही क्रममा उनले प्रधानमन्त्रीको सरकारी आवासमा समेत नबस्ने घोषणा गर्दै तीन बेडरुम भएको एउटा सामान्य घरलाई आफ्नो सरकारी निवास बनाएका छन्। लिलामीका लागि १०२ वटा कार राखिएकोमा सोमबार ७० वटा कार बिक्री भएको हो ।

उनले बजार मूल्यभन्दा बढी दाममै ती कार बिक्री भएको पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले बताएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्