Logo

संविधान दिवसको अवसरमा ४ सय २१ जनालाई विभुषित गरिदै, को-को परे त?( हेर्नुहोस् ! सुची सहित )



Spread the love

काठमाडौं- सरकारले संविधान दिवसको अवसरमा ४ सय २१ जनालाई विभुषित गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सबैलाई आज विभूषित गर्ने तयारी सरकारको छ । राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, साहित्यकार, कलाकार, चिकित्सक, पत्रकार, प्रशासक, खेलाडी लगायत विभिन्न पेशा तथा व्यवसाय आवद्ध व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने परम्परा अनुरूप सरकारले उनीहरुलाई विभूषित गर्न लागिएको हो ।
गृह मन्त्रालयका अनुसार पुष्पलाललाई सबैभन्दा ठूलो पदक नेपाल रत्न मरणोपरान्त प्रदान गरिएको छ । महाउज्ज्वल त्यस्तै राष्ट्रदीप (प्रथम श्रेणी) मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर गुरुङलाई दिइएको छ । यही मानपदबी संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले पनि पाएका छन् । सुप्रसिद्ध प्रवल जनसेवाश्री पाउनेमा हालै प्रधानन्यायाधीशमा नियुक्त ओमप्रकाश मिश्र छन् । पदक पाउनेमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठदेखि युवा क्रिकेटर सन्दीप लामिछानेसम्म छन् ।

उज्ज्वल कृतिमय राष्ट्रदीप पाउनेमा इतिहासकार तथा समाजशास्त्री डा. बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरुङ छन् । पोखरेल मोरङ र गुरुङ मादी गाउँपालिका, याङ्जाकोट कास्कीका हुन् ।

प्रवल जनसेवाश्री (चतु्र्थ श्रेणी) बाट सबैभन्दा बढी १६२ जना विभूषित हुने भएका छन् । यसमा युवा क्रिकेटर सन्दीप लामिछाने समेत परेका छन् ।

विभूषणका लागि छनोट भएकाहरुलाई शीतलनिवासमा एक समारोहका बिच राष्ट्रपतिले विभूषित गर्ने कार्यक्रम रहेको गृह मन्त्रालय स्रोतले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्