वर्षौको पखाईपछि बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुममा बिजुली बत्ती बल्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हाललाई नौ वटा ट्रान्समिटरबाट कुसुम र आसपासका एक हजार घरधुरीले विद्युत्को उपभोग गर्न पाउने गरी काम भइरहेको बताउनुभयो । कुसुममा दुई हजार ८२५ घरधुरी छन् । लामो समयदेखिको पर्खाइको नतिजा आउने बेला भएको भन्दै सांसद नमूनाले खुशी हुँदै भन्नुभयो,“अब कुसुमवासीको घरघरमा बिजुली बत्ती बाल्ने दिन गन्न शुरु गर्दा हुन्छ ।” रासस
प्रतिक्रिया दिनुहोस्