चितवनको कुरिनटार स्थित त्रिशुली नदिमा हाम फालेर एक महिला वेपत्ता भएकी छन् ।
यसरि वेपत्ता हुनेमा सिन्धुलीको दुधौली नगरपालिका २ भुलवाही घर भई काठमाडौं बस्ने २७ बर्षकी दीक्षा खनाल रहेको बताईएको छ
उनी बुधबार श्रीमान कुशल पौडेल ३ वर्षका छोरासँगै कुरिनटार आएकी थिइन् । छोरा हार्दिक पौडेललाई केबलकार रेष्टुरेन्टमा छाडेर त्रिशुलीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
बेपत्ता दीक्षाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । वेपत्ता महिलाको खोजीका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको टोली खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्