रौतहटको चन्द्रपुर नगरपालिका वडा ६ बजारटोलमा दुई दिदीबहिनी माथि गएराती तेजाब प्रहार भएको छ ।
अज्ञात व्यक्तिले राति घरमा सुतिरहेको अवस्थामा दुबैजनाको अनुहारमा तेजाव छ्यापिएको प्रहरीले बताएको छ ।
चन्द्रपुर ६ बजारटोलकी १८ वर्षीय सम्झना दास र उनकी १५ वर्षीय वहिनी सुस्मिता दासलाई मंगलबार राती करीब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव छ्यापेर भागेको प्रहरीले जनाएको छ ।
अज्ञात व्यक्तिले ढोका खोलेर सुतिरहेका छोरीहरुको अनुहारमा तेजाव फ्याकेर भागेको पीडितका बुवा जादोलाल दासले बताए ।
शरीरमा तेजाव परेर घाइते दुबै दिदीबहिनीको काठमाडौ स्थित कीर्तिपूर अस्पतालमा उपचार भइरहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी युवराज खडकाले बताए ।
फरार व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए ।
प्रतिक्रिया दिनुहोस्