Logo

तीर्थयात्रा गर्न गएकि वृद्धा बेपत्ता



Spread the love

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका घर भएकी एक वृद्धा धार्मिक तीर्थयात्रा गएको बेला भारतबाट सम्पर्कविहीन भएकी छिन् ।

प्रतापपुर–७ बस्ने ७० वर्षीया विपती पासी धार्मिक तीर्थयात्रा गर्न भारत गएको बेला भारत उत्तर प्रदेश मथुरा रेल स्टेशनबाट सम्पर्कविहीन भएको स्थानीय सहबान अन्सारीले जानकारी दिए ।

घरबाट गत भदौ ११ गते तीर्थयात्रा गर्न भारत गएकी पासी गत भदौ १३ गते मथुरा रेल स्टेशनबाट सम्पर्कविहीन भएको बताइएको छ । पासी एकाएक सम्पर्कविहीन भएपछि आफन्त र शुभचिन्तक चिन्तित बनेका छन् ।

पासीको अवस्थाबारे कसैलाई जानकारी भएमा नेपाली सम्पर्क नं ९८२१५३३८७७ र भारतीय सम्पर्क नं ७८००७२७६९५ मा सम्पर्क गरिदिनुहुन आफन्तले सबैलाई अपिल गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्