सिन्धुलीको सुनकोसी गाउँपालिका–३ स्थित खाल्डेबाट प्रहरीको घेरा तोडेर बलात्कार मुद्दाको प्रतिवादी हत्कडी सहित भाग्न सफल छन् ।
फरार हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बस्ने १९ वर्षीय संजय परियार प्रहरीले जानकारी दिएको छ ।
गत भदौ २० गते सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बस्ने १९ वर्षीय परियारले एक युवतीलाई बलात्कार गरेर फरार भएका थिए ।
विशेष सुराकीको आधारमा काठमाडौंबाट पक्राउ गरेर सर्लाही लैजाने क्रममा सिन्धुलीको खाल्डे स्थित पूर्ण थकाली हालेटलमा खाना खाएर गाडी चढ्न क्रममा अभियुक्त परियार हत्कडी सहित भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एक अधिकृतले जानकारी दिएका छन् ।
उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्