जिल्ला कारागार तनहुँमा कैदिबन्दीहरु चरम समस्यामा परेका छन ।
कारागारको क्षमता ३५ जनाको भएपनि कारागारमा ११० कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि शौचालय व्यवस्थापन गर्नसमेत समस्या भएको कारागारका निमित्त प्रमुख सक्षम घिमिरेले बताउनुभयो । “शौच गर्न लाइनमा बस्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो । एउटै कोठामा धेरै कैदीबन्दी राख्दा रोग सर्ने स्थिति छ ।कारागारमा कर्मचारीसमेत अभाव छ । जेठदेखि जेलर पद रिक्त छ ।
प्रतिक्रिया दिनुहोस्