Logo

डुबेर दुई बालकको ज्यान गयो



Spread the love

मोरङको कानेपोखरी गाउँपालिकामा खोलाले बगाएर र पोखरीको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाउँपालिकाको वाड नम्बर – ७ मा रहेको चिसाङ खोलाले बगाएर सोही ठाउँका श्याम दर्जीका छ वर्षीय बालक रेशम दर्जीको मृत्यु भएको हो ।
बिहान घरबाट हराएका दर्जीको खोजी गर्ने क्रममा बेलुका खोलाको बीचमा अड्किएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगार्इंले जानकारी दिए ।
त्यस्तै सोहि गाउँपालिकाको वाड नम्बर –३ मा आफ्नै घरको माछाको पोखरीमा डुबेर स्थानीय विशाल राईका दुई वर्षीय छोरा अभि राईको मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्