साउन २७ गते दिउँसो बिराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र बम विष्फोट गराउने तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
मेयरको कार्यकक्षबाहिर राखिएको सोफा मुनी अज्ञात समूहले राखेको बम विष्फोट भएको थियो ।
बम विष्फोटमा संलग्न सिराहाका मोरङका मनोज कुमार सिंह ,अभिमनु गिरी र सिराहाका राम रिझन यादवलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्त्रिकारी) समुहमा आवद्ध रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
प्रदेश नम्बर १ र प्रदेश नम्बर २ प्रहरी कार्यालयको सहयोगमा पक्राउ परेकाहरुमाथी बिष्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्