भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी धेरै भएको भन्दै एकीकरणमा जानुपर्ने बताएकी छन् ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२औँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले सहकारी थोरै तर प्रभावकारी हुनुपर्नेमा जोड दिइन् ।
‘सबै सहकारीमा राज्यको समान दृष्टि पुगेन, सबैलाई अभिभावकत्व दिन सकिएन,’ उनले भनिन्, ‘अब एकीकरणतर्फ जानुपर्छ ।’
उनले सरकारले एकीकरण अभियान चलाएपनि अपेक्षित रुपमा सहकारी एकीकरण नभएको बताइन् ।
सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य मनकुमारी केसीले मन्त्री अर्याललाई सम्मानपत्र प्रदान गरेकी थिइन् ।
मन्त्री अर्यालले सहकारीले यो वर्षदेखि दिन शुरु गरेको ज्येष्ठ शेयर सदस्य ‘पेन्सन’ कार्यक्रमसमेत शुभारम्भ गरेकी थिइन् । रासस
प्रतिक्रिया दिनुहोस्