निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसको अनुसन्धानलाई लिएर निकै तनाबग्रस्त भएको कंचनपुर शान्ता नहुदै फेरि अर्की किशोरी सामुहिक बलात्कृत भएकी छन् ।
बेल्डाँडी गाउँपालिकामा बिहीबार राति किशोरी बलात्कृत भएकी हुन् । पीडितले इलाका प्रहरी कार्यालय, बेल्डाँडीमा दिएको जानकारी अनुसार उनीमाथि सामूहिक बलात्कार भएको छ ।
कडायतले पीडक ‘आइडन्टिफाइड’ रहेको भन्दै उनीहरुको खोजी जारी रहेको बताए । प्रहरीका अनुसार किशोरीको घरमा पुजा भएको वेलामा एक युवकले उनलाई सडकमा बोलाएका थिए । र, मोटरसाइकलमा लगेर बलात्कार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटनाको बारेमा प्रहरीमा मौखिक जानकारी आएको स्वीकारे ।
उनले भने ‘म आफैं अहिले घटनास्थलमा आएको छु ,अनुसन्धान सुरु गरेका छौं ।’एसपी कुवेरका अनुसार प्रहरीले अहिले पीडित युवतीको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिरहेको छ ।