प्रदेश नम्वर २ सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीकृष्ण जन्माष्टमीका दिन आइतबार प्रदेश २ का सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले यसअघि पनि जनैपूर्णिमाको दिन सार्वजनिक बिदा दिएको थियो ।तर केही कार्यालयले बिदाको अवज्ञा गर्दै आएका छन् । प्रदेश २ सरकारले जनैपूर्णिमामा दिएको बिदा राष्ट्र बैंकले पालना नगरेपछि प्रदेश सरकारका मन्त्री स्वयंले तालाबन्दी गरिदिएका थिए ।
प्रतिक्रिया दिनुहोस्