Logo

१२० दिनमा ,११८ बालिका बलात्कृत



Spread the love

केन्द्रीय बालकल्याण समितिले २०७४ साल चैतदेखि २०७५ असारसम्म सञ्चारमाध्यममा प्रकाशमा आएका बालअधिकार हननका घटनालाई समेटेर तयार गरेको प्रतिवेदनमा पछिल्लो चार महिनामा ११८ जना बालिका बलात्कृत भएका छन् ।

सबैभन्दा बढी चैतमा ५७ जना बालबालिका बलात्कृत भएका छन् । जसमध्ये ५५ जना बालिका छन् भने दुई जना बालक जर्मन नागरिकबाट यौनदुव्र्यवहारको शिकार भएको पाइएको छ । यस्तै, वैशाखमा २८ जना, जेठमा १३ र असारमा २२ जना बालिका बलात्कृत भएको बताईएको छ

बलात्कारमा संलग्न अभियुक्तमध्ये १९ जना बालक नै रहेको छन् भने अरु सबै जवान रहेका छन् ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालिका बलात्कारका डरलाग्दा र पत्याउनै नसक्ने खालका घटना सार्वजानिक भएकाले यसको नियन्त्रणका लागि अहिले भएका कानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्