Logo

हुलाक टिकटमा मनपरी गर्ने राईलाई २ बर्ष जेल सजाय



Spread the love

सोलुखुम्बुका एक ब्याक्तिलाई सार्वजनिक हुलाक टिकट हिनामिना गरेको अभियोगमा जेल चलान गरिएको छ ।

जेल चलान हुनेमा थुलुङ दुधकोशी गाउँपालिका–९ साबिक (लोखिम गाविस) का तिलबहादुर राई रहेको समाचार प्रात्त भएको छ ।

पञ्चायत कालदेखि अहिलेसम्म लुकिछिपि बस्दै आएका राईलाई केही साताअघि काठमाडौंको नारायणथानबाट पक्राउ गरि जेल चलन गरिएको हो ।
राईले तत्कालीन पञ्चायत कालमा हुलाक टिकट हिनामिना गरेका थिए, भने उनलाई सोलुखुम्बु जिल्ला अदालतले दोषी ठहर गरि २ वर्ष कैद र १२८ रुपैयाँ जरिवानाको फैसला समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्