छिमेकीको कुखुरा मार्ने योजना सफल बनाउनको लागि ओखलढुंगाका एक युवकले खानेपानीको मुहानमा बिष राखेको पाईएको छ ।
बिष राख्नेमा सिद्धिचरण नगरपालिका–२ ठूलाछापका ३४ वर्षीय सिताराम सार्की रहेका छन् ।
उनले गाउँमा वितरण गरिएको छरछरे सितलादेवी खानेपानी आयोजनाको पाइपमा विष हालेर थिए ।
आरोपित सार्कीले भने छिमेकीले पालेको ब्रोइलर कुखुरा मार्नका लागि विष हालेको स्वीकार गरेका छन् ।
स्थानीयले खानेपानीको पाईपमा विष हालेर उपभोक्तालाई मार्न खोजेको भन्दै प्रहरीमा उजुरी दिएपछि सार्कीलाई घरैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाइपलाईनमा बिष हाले नहालेको विषयमा अनुसन्धान गर्दा खानेपानीको पाइपमा विष हालेको पाइएको र पाइपबाट व्यक्तिका गोठमा राखिएको प्लाष्टिक ट्यांकीसम्म विष पुगेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।