मंसिर ७, काठमाडौं ।
नवीन मरासिनी
गत बिहिबार कान्तिपुरमा “सुमनसंग” कार्यक्रम हेरेपछि स्तब्ध भएको छु । पक्कै पनि कार्यक्रममा आमन्त्रित कन्चनशर्माको बारेमा थाहा पाएर स्तब्ध नहुने को होला र ? एक पटक उनका पति र छोराहरुलाई नधिक्कार्ने यो समाजमाको होला र ? तर नेपाली पत्रकारिताले एक पटक फेरी सबैलाई सोच्न बाध्य बनाएको छ । के हामीले हाम्रा मेडियाहरुलेहामीलाई पस्केका सबै समाचारहरु सत्य र तथ्य हुन् जसलाई हामीले आखा चिम्लिएर बिस्वाश गर्नु उचित हो ? अथवामेडियाहरुले पस्केका समाचारहरुलाई हामीले आफै विश्लेषण गरेर फिल्टर गरेर पत्याउनु पर्ने हो ? राष्ट्रिय स्तरमाकहलिएका मेडियाहरु समेत कतिपय ठाउँमा चिप्लेको देख्दा तमाम मान्छेहरुको ज्ञानको श्रोत मानिएका यीमेडियाको तथ्यपरता , निस्पक्षता र बिस्वनियता मै गहिरो चोट पुगेको अनुभूत भएको हुन्छ ।
गत साल राष्ट्रिय दैनिक नागरिकले दिल शोभाको आमाघरको बारेमा बेश्याबृतिको संगिन आरोप लगाउदै पहिलो पृष्ठमैसमाचार छाप्यो । उक्त समाचारमा दिल शोभालाइ लामो खोजमुलक पत्रकारिताको हवाला दिदै उनले अहिले सम्मगरेका कामलाई माटोमा मिलाई दिएको थियो । नागरिकमै छापिएको हुँदा सबै पाठकले बिश्वाश गरेर त्यो समाचारपढेर आफ्नो धारणा गराएका थिए । आफुले श्रद्धा गरेकी देवी ठानिएकी दिल शोभाप्रति सबै पाठकले थुकको खोलोबगाएका थिए । पुरै समाजले उनलाई घृणाको नजरले हेरेको थियो । तर त्यो समाचार सत्य थिएन , भ्रम पूर्ण थियो । के त्यसको जिम्मेवारी स्वरुप पत्रिकाले अर्को सस्करणमा “क्षमायाचना प्रार्थी ” का दुइ शब्द लेखेर उम्कन मिल्छ ? के दिल शोभाको बर्षौको मिहेनतबाट बनेको सामाजिक प्रतिस्ठा राष्ट्रिय पत्रिकाको एकै सस्करणले क्षत विक्षतगराउदा त्यसलाई कारवाही गर्ने कुनै निकाय छैन ? गाउँका कुना कुना सम्म सर्व साधारणले यिनै पत्र पत्रिका पढेरआफ्नो धारणा बनाऊछन् , तर्क बितर्क गर्छन तर ति बिचराहरुलाई के थाहा हाम्रा राष्ट्रिय भनिने मेडिया को हालतयस्तो छ भनेर !
“सुमनसंग” भन्ने कार्यक्रमकै कुरा गरौ । उक्त कार्यक्रमको नामै काफी छ । कान्तिपुर टेलिभिजन , अनि सुमन खरेल। त्यो भन्दा अरु के चाहियो श्रोता र पाठकका लागि । तर के त्यो कार्यक्रमा कन्चन शर्माको एक पक्षीय भएन र ? केसुमन खरेलले हामी श्रोतालाई उनका पति र छोराहरुको प्रतिक्रिया पनि लिएर प्रसारण गर्नु पर्ने थिएन ? यदि उनले उक्त इन्टरभ्यू पहिला पतिलाइ देखाएर, त्यसको प्रतिक्रिया लिएर मात्र प्रसारण गरेको भए आम मान्छेले कमसेकम सहि धारणा गराउन सक्थे ति पति पत्नीका बारेमा । हो कन्चन शर्मा लाई अन्याय भएको होला तरसमाचारको अर्को साइड के हो भनेर जान्ने अधिकार आम पाठक र श्रोतालाई हुदैन र ? सुमन खरेल जस्तो प्रतिष्ठित पत्रकारले संचालन गरेको कार्यक्रममा त आम श्रोतालाइ आधा समाचार पस्केर धारणा बनाउन लगाइन्छभने अरु को हालत के होला ?
सबै भन्दा दुखको कुरा त अहिले हामीले बनाउने विचार र धारणा, हाम्रा ज्ञानका श्रोत जे भने पनि यिनै मेडियाभएका छन् । यी मेडिया जे भन्छन हाम्रा लागि परम सत्य त्यहि हो । यिनीहरुले लेखेका , प्रसारण गरेका कुरा अकाट्यहुन्छन हाम्रा लागि । हामीले गर्ने चिया गफ हुन् या सिरियस चिन्तन प्राय यिनै मेडियाले बनाएको हुन्छ । हामी तर्क – बितर्क गर्छौ यिनलाई आधार बनाएर तर कहिल्यै सोच्दैनौ यिनीहरुको यथार्थ धरातल २,३ वटा राष्ट्रिय मेडिया हाउसलागे भने अहिले हाम्रो देशमा सेतो कालो हुन्छ । कालो उतिखेरै सेतो हुन्छ । अहिले आम मान्छेले डाक्टर गोबिन्द केसीवा लोकमान वा सुजाताका बारेमा जे धारणा बनाएका छन् ति सबै मेडिया कै आधारमा बनाएका छन् र ति सबै सत्य रतथ्य परक छन् जस्तो लाग्दैन । कति यथार्थ वा कति मन गढन्ते भनेर कसरि छुट्याउने आम पाठकले ? कसरिफिल्टर गर्ने सर्वसाधारण पाठकले ?
राज्यको चौथो अंग भनेर चिनिने पत्रकारितामा कुनै नियन्त्रण छैन । अहिले मेडिया छाडा भएको छ आजकल हाम्रोनेपालमा । अनलाइनमा जसले जे लेखे पनि हुने , ब्लगमा जे लेखे पनि हुने , जसको चरित्र जसरि हत्या गरिदिए पनिहुने, पत्रकार भने पछि जे मा पनि छुट हुने प्रबिर्ती बढेको छ । सायद त्यसैले यो कहिले दिल शोभासंग चिप्लिन्छ , अनि कहिले अनुजाको एक करोड काण्ड मा चिप्लिन्छ अनि कहिले सुमनसंग चिप्लिन्छ। सत्य, तथ्य र निस्पक्षसमाचार पढेर आफ्नो ज्ञानको क्षितिज फराकिलो बनाऊछु भन्ने पाठक त सधै बिचरा हुने भयो हाम्रो नेपालमा । कहिले होलान हाम्रो मेडिया गर्व गर्न लायक , भरोसा गर्न लायक अनि ढुक्क संग पढ्न र पढाउँन लायक ?